नेप्सेमा १३.१८ अंकको बृद्धि, १ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     असाेज ३० गते २०८० मा प्रकाशित



काठमाडौं, ३० असोज । केहि दिन ओरालो लागेको सेयर बजार आज भने उकालोको यात्रामा गएको छ । सेयर बजारकाे सकारात्मक लयले अब सुधारका संकेतहरू देखिने हुन् कि भन्ने अपेक्षा बढाएकाे छ ।

लामो समयसम्म सेयर लगानीकर्ताहरुको असन्तुष्टि कायम रहिरहँदा लगानीकर्ताहरुको मनोबल उच्च हुन सकिरहेको छैन । यहिबीचमा सेयर लगानीकर्ताहरुका विभिन्न चारवटा संघ संस्थाहरु एकतावद्ध भएर आफ्नो हकहितका लागि महासंघ घोषणा गरिसकेका छन् । जस्ले शक्ति सन्तुलन, शक्ति प्रदर्शन र शक्तिसंचयनकाे काम गर्नेछ ।

मंगलबार आज साताको सेयर कारोबार हुने तेश्रो दिन हाे । नेप्से परिसूचक १३.१८ अंकले बढेर १८६४.६२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.०८ अंकले बढेर ३५८.८३ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल २८९ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ३८ लाख १३ हजार २३३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ८ करोड ४ लाख ३७ हजार ८६० रुपैयाँ ६१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीकाे ४ करोड ६२ लाख ६९ हजार २४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी नबिल प्रगति फण्डको सेयरमूल्य बढेको छ । सो फण्डको सेयरमूल्य ७.३५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.५३ प्रतिशतले घटेको छ ।