
काठमाडौं, १ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । सुनमा एकैदिन रुपैयाँ १३ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १३ सयले बृद्धि भएर तोलाको १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भईरहको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ १३ सयले बढेर तोलाको १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ३५ ले बढेर तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।