प्रि ओपन सेसन : नेप्सेमा ०.३४ अंककाे गिरावट

-



     सफल आवाज    
     कार्तिक १ गते २०८० मा प्रकाशित



काठमाडाैं, १ कार्तिक । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार आज नेपाली सेयर बजारकाे प्रि ओपन सेसन नकारात्मक लयमा देखिएकाे छ । नेप्से परिसूचक सामान्य ०.३४ अंकले घटेकाे । अर्थात नेप्से परिसूचक ०.३४ अंकले घटेकाे हाे ।

यसअघिअ मंगलबार नेप्सेमा १३.१८ अंककाे बृद्धि भएर १८६४.६२ विन्दुमा उक्लिएकाे थियाे । यसदिन सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३४ अंक घटेर १८६४.२७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ।

आजकाे प्रि ओपन सेसनमा ८ वटा कम्पनीहरूकाे १९० कित्ता सेयरकाे खरिदबिक्रीबाट ६२ हजार ६६६ रुपैयाँ बराबरको काराेबार भएकाे छ । उनीहरूमध्ये एउटाकाे सेयरमूल्य बढेको छ । ४ वटाकाे सेयरमूल्य घटेको छ। बाँकी ३ वटा कम्पनीकाे सेयरमूल्य स्थिर देिखएकाे छ।