
काठमाडौं, ०१ कार्त्तिक। सर्वोत्तम सिमेन्ट कंपनीले बुक बिल्डिङ विधिद्वारा आईपीओ निष्कासन गर्न स्वीकृति पाएको छ। सो प्रक्रियाबाट प्रिमियम मूल्यमा आईपीओ निकाल्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनी समेत बनेकाे छ। धितोपत्र बोर्डले कम्पनीलाई ४ सय १ रुपैयाँको मूल्यमा सेयर जारी गर्न अनुमति दिएको हाे।
सर्वोत्तम सिमेन्टले पहिलो चरणमा २४ लाख कित्ता सेयर निष्कासन गर्ने याेजना बनाएकाे छ। कंपनीकाे कुल ६० लाख कित्ता प्राथमिक सेयर प्रिमियममा निष्कासन गर्ने योजना रहेकाे छ । जसमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याएको छ भने बाँकी ६० प्रतिशत सर्वसाधारणलाई दोस्रो चरणमा बिक्री गरिनेछ।
अघिल्लो पटकको निबेदनमा सर्वोत्तमको सेयर ६ सय २७ रुपैयाँ कायम भएको थियो। तर योग्य संस्थागत लगानीकर्ताहरुले ५ सय १ मा पाए सबै किन्ने मनसाय व्यक्त गरेका थिए। उनीहरु बढीमा ७५१.५ रुपैयाँ तिर्न तयार भएका थिए।