काठमाडौं, १ कार्तिक । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा देखिएको सकारात्मक लयले लगानीकर्ताहरुको मन हलुका बनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.३२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.१४ अंकले बढेर ३६६.९७ विन्दुमा पुगेको छ ।
सबै १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल २८६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ३७ लाख ७२ हजार २३ कित्ता सेयरको खरिदबिक्रीबाट ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँ १५ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४ करोड ४६ लाख ४ हजार ९३५ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पिबिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ४.६२ प्रतिशतले घटेको छ ।

