
काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केहि देशहरूको मुद्राको भाउ घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ ।
यसदिन यूरोलगायत अन्य केहि देशहरूको मुद्राको भाउ घटेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ३८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०१ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा रहेको छ ।
आजको मूल्यसूचीः