काठमाडाैं, २ कार्तिक । भिजन लुम्बिनी उर्जा कम्पनीले कात्तिक १६ गतेदेखि सर्वसाधारणका लागि २० लाख ७५ हजार २८५ कित्ता सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लागि सेयर बाँडफाँड भइसकेकाे छ ।
आयोजना प्रभावित क्षेत्रका जनताका लागि, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई सेयर बाँडफाँड गरेर बाँकी हुन गएकाे ४ लाख ८७ हजार ९१० कित्तासहित २० लाख ७५ हजार २८५ कित्ता सर्वसाधारणका लागि जारी गरिने भएकाे हाे ।
सेयर भर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ता तथा बढिमा ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसका लागि कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे साे मितिसम्म पूरा आवेदन नपरेमा मंसिर १ गतेसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसकाे लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति ३३ वर्ष बाँकी छ।
सेयरमा लगानीका लागि लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन् । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।