२ हजारले बढ्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     कार्तिक २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ कार्तिक । सुनको भाउ दिनदिनै उकालो लागेको छ । सुनमा दुई दिनमा २ हजारले बृद्धि भएको छ । साताको सुनचाँदीको कारोबार हुने आज बिहिबार पाँचौ दिन हो । यसदिन दिन नेपाली बजारमा स’नको भाउ तोलामा रुपैयाँ ७ सयले बढेको छ । चाँदीमा भने रुपैयाँ १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुन तोलामा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

स्मरण रहोस् बुधबार सुन तोलामा रुपैयाँ १३ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बढेर कारोबार भएको थियो ।