सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण

-



     सफल आवाज    
     कार्तिक २ गते २०८० मा प्रकाशित



काठमाडाैं, २ कार्त्तिक । सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन । साे कार्यक्रममा कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

सपथ ग्रहण पश्चात कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले गर्भनर लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाको वारेमा प्रकाश पारेका थिए ।

गभर्नर अधिकारीले समसामयिक एवं समग्र बैकिङ्ग क्षेत्रको विषयमा धारणा राखेका थिए। अध्यक्ष पाण्डे बैंकको १७औं साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन । पाण्डेले यसअघि बैंकको संचालकको हैसियतमा ४ वर्ष कार्यकाल पुरा गरिसकेका छन ।

इन्जीनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशक भन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न छन । नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्द भई नेतृत्वदायी भूमिका निभाइरहनु भएका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको छ ।