अन्तिम दिन नेप्से ४.०५ अंकले घट्याे, ९७ करोडको कारोबार

-



     सफल आवाज    
     कार्तिक २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ कार्तिक । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ विन्दुमा झरेको छ । नेप्सेमा ०.२१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.१३ अंकले बढेर ३६७.११ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको छ । यसदिन कुल २८४ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३७ लाख ६६ हजार १५३ कित्ता सेयरको खरिदबिक्रीबाट ९७ करोड ६ लाख १२ हजार ८९२ रुपैयाँ ३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै नबिल बैंक लिमिटेड प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयरको ५ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्डको सेयरमूल्य बढेको छ । सो फण्डको सेयरमूल्य ५.८७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.२५ प्रतिशतले घटेकोा छ ।