
काठमाडौं, ३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशहरूको मुद्राको भाउ पनि घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।
यसदिन यूरोलगायत अन्य केहि देशहरूको मुद्राको भाउ पनि घटेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १४० रुपैयाँ ९६ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ ९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ७५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ९० पैसा र बिक्रीदर ८४ रुपैयाँ २८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३१ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रुपैयाँ २२ पैसा रहेको छ ।
आजको मूल्यसूचीः