कात्तिक २१ देखि आईपीओ ल्याउदै हिमालयन रि इन्स्योरेन्स

-



     सफल आवाज    
     कार्तिक ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ कार्तिक । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले कात्तिक २१ गतेदेखि ५१ लाख कित्ता सेयर (आईपीओ) बिक्रीमा ल्याउने भएकाे छ ।

कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि साे सेयर जारी गर्न लागेकाे हाे ।

कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर बिक्रीमा ल्याउने अनुमति पाएकाेमा याे पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुकाे लागि ३० लाख कित्ता रहेकाे छ । कर्मचारीहरुका लागि ६ लाख कित्ता रहेकाे छ भने सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता रहेकाे छ ।

कम्पनीले १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा सेयर खुलाउन लागेकाे हाे । यसका लागि घटीमा १० कित्ता र बढीमा ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। वैदेशिक रोजगारमा गएकाहरुले मंसिर ५ गतेसम्म आवेदन दिन पाउनेछन्।

सेयर भर्न चाहने इच्छुक लगानीकर्ताले सेबाेनबाट अनुमित लिएका सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यस्तै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।