सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     कार्तिक ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ कार्तिक । बडा दशैको टीकाको दिन नजिकै गर्दा सुनको भाउ एकैदिन रुपैयाँ १८ सयले बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाली बजारमा साताको सुनचाँदीको कारोबार हुने आज शुक्रबार अन्तिम दिन हो । यसदिन छापावाल सुनमा एकैपटक रुपैयाँ १८ सयले बढेको छ । चाँदीमा रुपैयाँ ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ रुपैयाँ १८ सयले बढेर तोलाको १ लाख १५ हजार ५ सयमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १८ सयले बढेर तोलाको रुपैयाँ १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।