
काठमाडौं, ४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशहरूको मुद्राको भाउ भने बढेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रिदर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।
यसदिन यूरोलगायत अन्य केहि देशहरूको मुद्राको भाउ बढेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ५३ पैसा र बिक्रीदर १४१ रुपैयाँ १६ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६० रुपैयाँ ८९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८४ रुपैयाँ १२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९७ रुपैयाँ २९ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९७ रुपैयाँ १५ पैसा रहेको छ ।
आजको मूल्यसूचीः