विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

-



     सफल आवाज    
     कार्तिक ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केही देशहरूको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रिदर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य केही देशहरूको मुद्राको भाउ बढेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ५८ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६२ रुपैयाँ १४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ८० पैसा र बिक्रीदर ८४ रुपैयाँ १८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १८ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ७० पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा रहेको छ ।

आजको मूल्यसूचीः