अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     कार्तिक ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केही देशहरूको मुद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८२ पैसा र बिक्रिदर १३३ रुपैयाँ ४२ पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य केही देशहरूको मुद्राको भाउ बढेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ८८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६२ रुपैयाँ २९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ८० पैसा र बिक्रीदर ८४ रुपैयाँ १७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९७ रुपैयाँ २१ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९७ रुपैयाँ २५ पैसा रहेको छ ।

आजको मूल्यसूचीः