
काठमाडौं, ८ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केही देशहरूको मुद्राको भाउ बढेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८२ पैसा र बिक्रिदर १३३ रुपैयाँ ४२ पैसा रहेको छ ।
यसदिन यूरोलगायत अन्य केही देशहरूको मुद्राको भाउ बढेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८७ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ १५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ १७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६० पैसा रहेको छ ।
आजको मूल्यसूचीः