
काठमाडाैं, ८ कार्तिक । एभरेष्ट बैंकका अध्यक्ष बि. के. श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ। उनकाे मेडिसिटी हस्पिटलमा मंगलबार साँझ निधन भएको हो ।
नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठले २६ वर्षदेखि बैंकका अध्यक्षकाे रूपमा काम गरेका थिए । भारतको पञ्जाव नेशनल बैंकसँगको साझेदारीमा स्थापित एभरेष्ट बैंकमा उनकाे लामो समयदेखिकाे संलग्नताले बैंकले उचाइ कायम गरेकाे मानिन्छ ।
श्रेष्ठकाे एभरेष्ट बैंकमा सबैभन्दा धेरै सेयर रहेकाे छ। जसमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत सेयर रहेकाे छ। श्रेष्ठले भारतका अन्य वित्तीय संस्थाहरूमा पनि लगानी रहेकाे छ ।