
^
काठमाडौं, ९ कात्तिक । मुक्तिनाथ कृषि कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि भोलिबाट मुक्तिनाथ कृषि आइपीओ बिक्रीमा ल्याउन लागेकाे छ ।
कम्पनीले सर्वसाधारणका लागि १४ करोड रुपैयाँ बराबरको सेयर खुलाउनका लागि सेबाेनबाट अनुमति लिएको थियो । जसकाे १० प्रतिशतले हुने १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरूकाे लागि खुलाउन लागेकाे हाे ।
सेयर भर्न चाहने लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन पाउनेछन् । यसका लागि घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
सेयरमा लगानीका लागि लगानीकर्ताले सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेराे सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।