अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     कार्तिक १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केही देशहरूको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रिदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य केही देशहरूको मुद्राको भाउ घटेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपैयाँ ७८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६० रुपैयाँ ६४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ९० पैसा र बिक्रीदर ८४ रुपैयाँ २८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३७ पैसा रहेको छ ।

आजको मूल्यसूचीः