वैदेशिक रोजगारीमा रहेकाहरुकाे लागि नेपाल वेयर हाउजिङकाे आइपीओ खुल्याे

-



     सफल आवाज    
     कार्तिक १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० कात्तिक । नेपाल वेयर हाउजिङ कम्पनीले आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर (आइपीओ) बिक्रीमा ल्याएकाे छ ।

कम्पनीले १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि बिक्री खुलाएकाे हाे । कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको १३ लाख ७५ हजार कित्ताबाट १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता जारी गरेकाे जनाएकाे छ।  

२७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे ५ । यसमा ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरुका लागि रहेकाे छ । जसमा बाँकी रहने ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ । कम्पनीका अनुसार पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुका लागि बाँडफाँड गरेपछि सर्वसाधारणका लागि खुलाइनेछ ।

सेयर भर्न चाहने वैदेशिक राेजगारमा रहेका नेपालीले कात्तिक २४ गतेसम्म आवेदन दिन पाउने भएका छन्। उनीहरुले घटीमा १० तथा बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल वेयर हाउजिङ कम्पनीले अन्नको व्यापार गर्ने किसान, व्यापारी, मिलर र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरुमा काम गरिरहेकाे छ । यसले प्रदेश १, मधेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टन क्षमताका भण्डारण क्षमता भएका भण्डारगृहहरु सञ्चालन गरेकाे ५ ।