
काठमाडौं, १० कात्तिक । सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा गएको कात्तिक ३ गते सुनको भाउ बढेर हालसम्मकै उच्च रहेको रेकर्ड कायम भएको थियो । सो दिनमा सुन तोलाको १ लाख १५ हजारमा कारोबार भएको थियो ।

दसैंको बिदा पछि खुलेको नेपाली सुनचाँदीको बजारमा आज शुक्रबार सुनको भाउ बृद्धि भई अहिलेसम्मकै उचाईमा पुगेको छ । सुनमा रुपैयाँ ५ सयले बढेको हो भने चाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि अन्तिम करोबार भएको दिन कात्तिक ३ गते छापावाल सुन तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि कात्तिक ३ गते तोजाबी सुन तोलाको १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि कात्तिक १३ गते पनि चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।