
काठमाडौं, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केही देशहरूको मुद्राको भाउ पनि बढेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।
यसदिन यूरोलगायत अन्य केही देशहरूको मुद्राको भाउ बढेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ ३ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ २८ पैसा र बिक्रीदर १६२ रुपैयाँ १ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८४ रुपैयाँ ८५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा रहेको छ ।
आजको मूल्यसूचीः