यी ११ कम्पनीले रु ११ अर्बकाे हकप्रद ल्याउने तयारी गर्दै

-



     सफल आवाज    
     कार्तिक ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । दसैं सकिएपछि विभिन्न ११ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेका छन् । उनीहरुले ११ करोड १६ लाख ८९ हजार ५२५ कित्ता हकप्रद जाी गर्ने भएका हुन् । ति कम्पनीहरुमा १० वटा हाइड्राेपावर र एउटा विकास बैंक रहेकाे छ ।

छ्याङदी हाइड्रोपावर कम्पनीले ३८ करोड रुपैयाँको ६९ लाख ७७ हजार ५०० रुपैयाँको ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने बताएकाे छ । यसकाे बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।

सिंगटी हाइड्रो इनर्जीले १ अर्ब ४५ करोड रुपैयाँको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर १ः१ काे अनुपातमा बिक्री गर्नका लागि बोर्डसँग अनुमति मागेको छ। बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेकाे छ ।

अरुण भ्याली हाइड्रोपावरले शत्प्रतिशत हकप्रद सेयर जारी गर्ने भएकाे छ । कम्पनीले १ः१ अनुपातमा १ अर्ब ८६ करोड ७६ लाख ६२ हजार ६०० रुपैयाँको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता निष्कासनकाे अनमुति मागेकाे जनाएकाे छ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ हाल सञ्चालनमा रहेको काबेली-१ क्यास्केड जलविद्युत् आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण फिर्ता गर्ने जनाएको छ।

हकप्रद शेयर (Right Share) के हाे ?

साधारण सेयर जारी गरेपछि कम्पनीले भविष्यमा पुनः साधारणमा सेयर जारी गर्ने भएमा त्यसरी निष्कासन हुने सेयरहरुमा पहिलाे खरिद गर्ने अधिकार विद्यमान सेयरधनीलाई हुन्छ । पुनः निष्कासन गरिने सेयरमा विद्यमान सेयरधनीहरुको पहिलो हक हुने अधिकार रहने भएकाेले यसलाई हकप्रद सेयर भन्ने गरिएकाे हाे ।

याे सेयर खरिदका लागि उनीहरु स्वतन्त्र हुन्छन् । विद्यमान सेयरधनीले आफूले पहिले खरिद गरेकाे सेयरकाे रेसियाेमा हकप्रद सेयर खरिद गर्न अधिकार पाउछन्।