नयाँ ब्रोकर कम्पनी पुरानाभन्दा अगाडी, कारोबारमा शीर्ष १० मा पर्न सफल

-



     सफल आवाज    
     कार्तिक ११ गते २०८० मा प्रकाशित



काठमाडौ ११ कात्तिक । काराेबारकाे अनुमति पाएका नयाँ ब्रोकर कम्पनीहरुले छाेटाे समयमै प्रगति गरेकाे देखिएकाे छ । उनीहरुले पुराना कम्पनीहरुसँग प्रतिस्पर्धा गर्दै कारोबार रकम उनीहरुकाेभन्दा धेरै रहेकाे छ ।

ब्रोकर नम्बर ६२ रहेकाे क्यापिटल म्याक्स सेक्युरिटीज एक हाे । याे शीर्ष १० मा परेकाे छ । स्मार्ट वेल्थ प्रोको तथ्यांकले १ महिनामा कम्पनीले रु १ अर्ब ५५ करोड ५० लाख बराबरको कारोबार गरेको छ । यसकाे स्थान दशाै रहेकाे छ ।

सेयर प्रो (ब्रोकर नम्बर ६५) ३९औं नम्बरमा छ । यसकाे ६६ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार रहेकाे छ । शुभकामना (७१ नम्बर ब्रोकर) ले ५५ करोड ८८ लाख बराबरको कारोबार गरेको छ । जाे ४४औं स्थानमा रहेको छ ।

प्रपटी विजर्ड (ब्रोकर नम्बर ६७) ४६ औ स्थानमारहेकाे छ भने मियो (ब्रोकर नम्बर ६६) ४८औं र इन्डेक्स सेक्युरिटीज् (ब्रोकर नम्बर ६९) ४९औं स्थानमा रहेका देखिएकाे छ । यस्तै हिमालयन ब्रोकरेज (ब्रोकर नम्बर ६३) ५६औं, कलस स्टक मार्केट (ब्रोकर नम्बर ७४) ५७औं, सन सेक्युरिटीज (ब्रोकर नम्बर ६४) ५८औं र इन्फिनिटी सेक्युरिटीज (ब्रोकर नम्बर ७०) ५९औं स्थानमा रहेको छ । पुरानो ब्रोकर सगरमाथा सेक्युरिटीज (ब्रोकर नम्बर १८) भने ६०औं स्थानमा रहेकाे छ ।

नकारात्मक भइरहेकाे सेयर बजारमा नयाँ ब्राेकरहरु दृढ भएर लागेका छन् । लामाे समयदेखि बजारमा एकछत्र काम गरिरहेकाहरुभन्दा सेवा सुविधा राम्राे भएकाे कारण नयाँ स्थान जमाउन सकेका हुन्। 

अहिले ७७ व६ा ब्रोकर कम्पनीले काम गरिरहेका छन् । उनीहरुमध्ये नासा सेक्युरिटीज (ब्रोकर नम्बर ५८) ले १ महिनामा सबैभन्दा धेरै रु ३ अर्ब ४६ करोड ३९ लाखको सेयरकाे काराेबार गरेकाे छ ।

अनलाइन सेक्युरिटीज (४९ नम्बर ब्रोकरले) रु २ अर्ब ६३ करोड ६७ लाख र एसपीएसए सेक्युरिटीजले २६ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । याे सबैभन्दा कम हाे ।