
काठमाडौं, १२ कात्तिक । दसैंको बिदापछि पहिलो दिन आजबाट खुलेको सेयर बजारमा कारोबार सुरु भएको छ । यो साताको सेयर कारोबार हुने पहिलो दिन पनि हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन प्रि ओपन सेसनमा नेप्से नकारात्मक लयमा गएको छ । नेप्सेमा ०.२५ अंकको गिरावट भई १९०३.५८ विन्दुमा झरेको छ । नेप्सेमा ०.०१ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले बढेर ३६७.१३ विन्दुमा रहेको छ ।
प्रि ओपन सेसनमा कुल १० वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ हजार २५५ कित्ता सेयरको कारोबारबाट २ लाख ६८ हजार ९०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रि ओपनमा ३ वटा कम्पनीहरुको सेयरमूल्य बढेको छ । पाँच कम्पनीहरुको सेयराूल्य घटको छ । बाँकी एकको स्थिर देखिएको छ ।