
काठमाडौं, १२ कात्तिक। दसै बिदापछि सेयर बजारमा कारोबार भएको पहिलो दिन आज आईतबार नेप्सेमा अत्यधिक गिरावट भएकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.१८ अंकले घटेको छ । यसरी घटेको नेप्से परिसूचक १८७५.६५ विन्दुमा झरेको छ । नेप्सेमा १.४८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.१६ अंकले घटेर ३६१.९४ विन्दुमा झरेको छ ।
यसदिन कुल २८३ कम्पनीहरुको २७ लाख १२ हजार १२३ कित्ता सेयरको खरिदबिक्रीबाट ७४ करोड २९ लाख २५ हजार ३९२ रुपैयाँ ५६ पैसा बराबरको कारोबार भएको छ ।
सबै १३ उपसमूहहरु राताम्मै भएका छन् । कारोबारको आधारमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४ करोड ८ लाख ५६ हजार ३१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ८.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटकाे हाे ।

