
काठमाडौं, १३ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।
यसदिन यूरोलगायत अन्य केहि देशहरूको मुद्राको भाउ घटेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ४२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ २४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ १९ पैसा र बिक्रीदर ८४ रुपैयाँ ५७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५४ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४१ पैसा रहेको छ ।
आजको मूल्यसूचीः