
काठमाडौं, १३ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले गिरावट भएको हो भने चाँदीमा रुपैयाँ ५ ले घटेको हो ।
छापावाल सुन यसदिन रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ ५ स यले घटेर तोलाको रुपैयाँ १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।