मंगलबार सुनको भाउमा गिरावट, चाँदीको बढ्यो

-



     सफल आवाज    
     कार्तिक १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने आज तेश्रो दिन हो । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । सुनको भाउ घटेको छ भने चाँदीको भाउमा बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनको भाउ रुपैयाँ ६ सय ५० ले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ १० ले बढेर काराेबार भइरहेकाे छ ।

छापावाल सुनमा रुपैयाँ ६ सय ५० ले घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १६ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सय ५० ले घटेर तोलाको १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी तोलाको १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।