स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा १९ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     कार्तिक १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ कात्तिक । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करसहित १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

बैंकको सञ्चालक समिति बैठकले १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बताइएकाे छ । बैंकको उक्त लाभांश आगामी साधारणसभा र राष्ट्र बैंकको स्वीकृति पश्चात प्रदान गरिने बैंकले जनाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले यसअघि गत आर्थिक वर्षमा करसहित कुल १६.५१ प्रतिशत मात्रै नगद लाभांश प्रदान गरेको थियो।