नेप्सेमा १६.३३ अंकको गिरावट, ५५ करोडको कारोबार

-



     सफल आवाज    
     कार्तिक १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ कातिक । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार राताम्मै भएको छ । सेयर बजारको गिर्दो अवस्थाको कारण लगानीकर्ताहरुको मनोबल घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.३३ अंकले घटेर १८६२.३७ विन्दुमा झरेको छ । नेप्सेमा ०.८६ प्रतिशतले घटेको छ । सेन्सेटिभ इण्डेक्स २.६५ अंकले घटेर ३६०.४७ विन्दुमा रहेको छ ।

सबै १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । यसदिन कुल २८६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको २१ लाख ९३ हजार ५३७ कित्ता सेयर खरिदबिक्रीबाट ५५ करोड ४ लाख ९० हजार ४८३ रुपैयाँ ८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सूर्योज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १७ करोड १ लाख १ हजार ४८७ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी महुली लघवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ६.०५ प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओईल लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ ।