
काठमाडौं, १५ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ । गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।
भारतबाट इन्धनको मूल्य घटेर आएपछि यहाँ पनि मूल्य घटाइएको हो । निगमले खाना पकाउने ग्यास र पेट्रोलको मूल्य भारतबाट बढेर आए पनि यथावत रहेकाे जनाएकाे छ ।
