सुनको भाउमा १ हजारले गिरावट, चाँदीको पनि घट्यो,

-



     सफल आवाज    
     कार्तिक १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको घटेको छ । सुनमा रुपैयाँ १ हजारले र चाँदीमा रुपैयाँ ३५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख १५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३५ ले घटेर तोलाको १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।