
काठमाडौं, १५ कात्तिक । लगातार सेयर बजार ओरालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने चौथो दिन पनि बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ विन्दुमा झरेको छ । नेप्सेमा ०.३१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८३ अंकले घटेर ३५९.९५ विन्दुमा रहेको छ ।
यसदिन १३ वटा उपसमूहहरुमध्ये एउटामा हरियो लागेको छ । बाँकी १२ उपसमूहहरुमा रातो लागेको छ । कुल २९६ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ३३ लाख ६४ हजार ५६ कित्ता सेयरको खरिदबिक्रीबाट ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँ ३१ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको १४ करोड ६० लाख २ हजार २२५ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेकाे छ । कम्पनीको सेयरमूल्य ९.३९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.९९ प्रतिशतले घटेको छ ।

