विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे बिनिमयदर

-



     सफल आवाज    
     कार्तिक १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउमा केही थपघट भएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य केहि देशहरूको मुद्राको भाउमा केहि तलमाथि एको छ । यूरो १ को खरिददर १४० रुपैयाँ १७ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ २८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४६ पैसा रहेको छ ।

आजको मूल्यसूचीः