
काठमाडौं, १६ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १५ हजारमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।