
काठमाडौं, १६ कात्तिक । सेयर बजारको ओरालोको यात्रा रोकिएको छैन । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा गिरावट भएको छ । सेयर बजारमा भइरहेको लगातारको गिरावटले लगानीकर्ताको मनोबल घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.८६ अंकले घटेर १८४७.७० विन्दुमा झरेको छ । नेप्सेमा ०.५८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१९ अंकले घटेर ३५७.७६ विन्दुमा रहेको छ ।
यसदिन १३ उपसमूहहरुमध्ये ११ वटामा रातो लागेको छ । दुई वटामा मात्रै हरियो लागेको छ । हरियो लागेको उपसमूह होटल तथा पर्यटन उपसमूह र उत्पादन उपसमूहहरू रहेका छन् ।
कुल २८१ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३७ लाख ४९ हजार ९५४ कित्ता सेयरको खरिदबिक्रीबाट ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी आशा लघुवित्त वित्तीय संस्था लिमिटेड प्रोमोटर सेयरको सेयरको कारोबार भएको छ । सो कारोबार १० करोड १० लाख १० हजार रुपैयाँ बराबरको भएको छ ।
सबैभन्दा बढी चन्द्रगिरी हिल्स लिमिटेडको सेयरमूल्य बढेको छ । सो फण्डको सेयरमूल्य ६.०४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर लिमिटेडको सेयरम”ल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

