
काठमाडौं, १७ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । यसदिन सुनमा रुपैयाँ २ सयले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको रुपैयाँ १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले बढेर तोलाको रुपैयाँ १ लाख १५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थिायो ।
महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ । यसरी घटेको चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।