
काठमाडौं, २० कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ तथा यूरोसहित अन्य देशहरूको मुद्राको भाउमा तलमामाथि भएको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रिदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६५ रुपैयाँ २९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ९० पैसा र बिक्रीदर १४८ रुपैयाँ ५७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७८ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५९ पैसा रहेको छ ।
आजको मूल्यसूचीः