तिहारमा सुनको असर्फी र चाँदीकाे सिक्का बिक्री गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     कार्तिक २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० कात्तिक । नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्रीमा ल्याएको छ ।

तिहारको अवसरमा बैंकबाट सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) प्रतिव्यक्ति बढीमा सुनको असर्फी १ सेट दिईने भएको छ । यस सेटमा १० ग्राम, ५ ग्राम र २५ को तौल हुनेछ ।

यस्तै चाँदीका सिक्का (मेडालियन) १ सेटमा गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम र लक्ष्मी अंकित १० ग्रामको सिक्का रहेको छ । साथै गणेश अंकित १० ग्राम, गजलक्ष्मी अंकित १० ग्रामको सिक्काको बिक्री प्रबन्ध मिलाईएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले जनाएको छ ।

बैंकले असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआर मार्फत भुक्तानी गर्न सकिने जानकारी गराएको छ । सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न चाहनेहरुले कात्तिक २४ गतेसम्म बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म बैंकमा सम्पर्क गर्न सकिने भएको छ ।