
काठमाडौं, २० कात्तिक । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले घटेको छ । चाँदीमा शुक्रबारकै भाउ कायम भएको छ ।

छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको १ लाख १४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख १५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ स्थिर रहेको छ । यसदिन चाँदी तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।