नेप्सेमा २१.३० अंकको बृद्धि, करिब १ अर्बको कारोबार

-



     सफल आवाज    
     कार्तिक २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० कात्तिक । लगातार ओरालो लाग्दै आएको सेयर बजारमा सोमबार हरियाली छाएको छ । आज साताको सेयर कारोबार हुने दोश्रो दिन सेयर बजारमा हरियाली छाउँदा लगानीकर्ताहरुको मनोबल बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.३३ अंकले बढेर ३५५.७३ विन्दुमा पुगेको छ ।

यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल २८३ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३५ लाख ५५ हजार ६७० कित्ता सेयरको खरिदबिक्रीबाट ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँ ९९ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ६ करोड ४३ लाख २० हजार ९१० रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ४.२८ प्रतिशतले घटेको छ ।