
काठमाडाैं, २१ कात्तिक । नागरिक लगानी कोषकाे नाफामा बृद्धि भएकाे छ । काेषकाे सार्वजिनक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार कोषको नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको हाे ।
चालु आर्थिक वर्षको असोजसम्म कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा १३.८२ प्रतिशत बढी हो। गएकाे आर्थिकमा वर्षकाे सोही अवधिमा कोषकाे नाफा २३ करोड २७ लाख रुपैयाँ थियाे ।
कोषको ब्याज आम्दानी २३.०३ प्रतिशतले र सेवा शुल्क तथा कमिशन आम्दानी १२.१० प्रतिशतले बढेको छ। कुल आम्दानी १४.६० प्रतिशतले र खर्च १७.२७ प्रतिशतले बढेको देखिएकाे छ।
कोषको ईपीएस आम्दानी १ रुपैयाँ ९६ पैसा घटेर १९ रुपैयाँ ९४ पैसा कायम भएकाे छ। खुद नाफा नबढेपछि ईपीएस आम्दानी घटेकाे हो। कोषको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ७९ पैसा रहेको छ ।
मूल्य आम्दानी रेसियाे ९३.५३ गुणा छ। कोषमा चुक्ता पूँजी ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ रहेको छ । यसकाे जगेडामा २३ अर्ब ३८ करोड ४३ लाख रुपैयाँ रहेकाे छ ।