घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     कार्तिक २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको रुपैयाँ १ लाख १५ हजारमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १४ हजार ८ सय ५० रुपैयामा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।