
काठमाडाैं, २१ कात्तिक । तिहार तथा छठ पर्वको अवसरमा नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागी बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ ।
यस्ता खाताहरुको सहज पहुँचले, ग्राहकले सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूजीँ बजारमा सहभागिताका साथै धितोपत्र निस्काशन कम्पनीको पुँजी सुनिश्चितता लागी सघाउ पुग्ने कंपनीले विश्वास लिएको छ ।
याे कंपनीकाे छुट सहितका सेवा प्राप्त गर्न नेपाल एसविआइ बैंकका शाखाहरु तथा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिने बताइएको छ ।