नेप्सेमा ११.२२ अंकको बृद्धि, करिब १ करोडको कारोबार

-



     सफल आवाज    
     कार्तिक २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ कात्तिक । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ । केहि दिनको ओरालोको यात्रा रोकिएर उकालो लागेपछि लगानीकर्ताहरुको मनोबल बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.०६० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.४६ प्रतिशतले बढेर ३५८.१९ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये एउटामा रातो लागेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल २८५ वटा कम्पनहिरुको सेयर कारोबार भएको छ । उनीहरुको ४३ लाख ३१ ह्जार २२९ कित्ता सेयरको खरिदबिक्रीबाट ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन बैंक लिमिटेड प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयरको ९ करोड १६ लाख ४४ हजार २२८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ८.१६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ८.२६ प्रतिशतले बढेको घटेको छ ।