बुधबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     कार्तिक २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।मंगलबार तेजाबी सुन तोलाको १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले गिरावट भई तोलाको १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।