काठमाडौं, २२ कात्तिक । लागातार दाेश्राे दिन पनि सेयर बजार उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार आज नेपाली सेयर बजारमा ५.१७ अंकको बृद्धि भएको छ ।
यसरी बढेको नेप्से १८६३.९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.२१ अंकले बढेर ३५८.४० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये चार वटामा रातो लागेको छ । बाँकी ९ वटा उपसमूहहरुमा भने हरियो लागेको छ ।
कुल २८८ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३१ लाख ५७ हजार ६२ कित्ता सेयरको खरिदबिक्रीबाट ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँ ९४ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५ करोड ६१ लाख ४१ हजार ९८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ८.०९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य घटेको छ । बैंकको सेयरमूल्य ६.३८ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

