
काठमाडौं, २३ कात्तिक । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा दोस्रो दिनसम्म आउदा मागभन्दा बढी आवेदन परेकाे छ । याे आवेदन माग गरेकाेभन्दा ३९.५९ गुणा बढी हाे ।
आज बुधबार साँझ ५ः०८ बजेसम्म रूपैयाँ ७० करोड ६६ लाख ५६ हजार बराबरको आवेदन परेको छ । सेयरमा ६ लाख २६ हजार १५७ जना आवेदकबाट ७० लाख ६६ हजार ५६० कित्ता माग गरिएकाे छ ।
एफपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिने मिति ताेकिएकाे छ । संस्थाले कात्तिक २१ गतेबाट रूपैयाँ १ करोड ७८ लाख ४५ हजार ४५१ बराबरको एफपीओ जारी गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरकाे १ लाख ७८ हजार ४५१ कित्ता निष्काशन गरिएकाे हाे । संस्थाले सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्रीमा ल्याएकाे हाे ।
लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेकाेमा पुँजी संरचना ऐन अनुसार मिलान गर्नका लागि एफपीओ खुलाइएकाे हो । यसमा सर्वसाधारणको हिस्सा ३० प्रतिशत हुनुपर्ने व्यवस्था रहेकाे छ । एफपीओ बिक्री भएपछि सर्वसाधारणको स्वामित्व बढ्ने भएकाे छ ।